राजनीति

एमालेको विधान महाधिवेशनमा सहभागी प्रभु शाह नहुने


काठमाडौँ – एमालेमा लागेका तत्कालीन माओवादी केन्द्रका नेता प्रभु साहको समूह विधान महाधिवेशनमा सहभागी नहुने भएको छ ।
आफू एमाले भन्दा पनि नेकपाकै निरन्तरताको पक्षमा रहेको बताउँदै आउनु भएका साहले विभिन्न ८ बुँदे प्रस्ताव अध्यक्ष केपी शर्मा ओली समक्ष राख्नुभएको थियो । अध्यक्ष ओली महासचिब ईश्वर पोखरेलसँग छलफल भए पनि सहमति नजुटेकाले महाधिवेशनमा साहसमूह सहभागी नहुने भएको हो । एमालेले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकार गरेपछि साह पक्षले विरोध जनाउँदै आएको छ ।