राजनीति

संसद्लाई मर्यादित रुपमा अगाडी बढाउन भुमिका खेल्न एमालेलाई आग्रह


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद्लाई निर्वाध र मर्यादित रुपमा अगाडी बढाउन भुमिका खेल्न नेकपा एमालेलाई आग्रह गरेको छ ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा एमालेले बहिष्कार गरेको थियो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमाले बैठकमा अनुपस्थित भएर संवाद र वार्ताबाट भाग्न खोजेको बताउनुभयो । बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रुपमा सञ्चालन गर्नका लागि एमालेले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले बताउनुभयो ।

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकमा प्रतिपक्ष दल अनुपस्थिति भएपनि आगामी दिनमा पनि सम्वादलाई जारी राख्ने बताउनुभएको थियो ।।