देश

बुद्ध एयरको जहाजमा समस्या, विराटनगरमा अवतरण गर्नु पर्ने विमान काठमाडौँ फर्कियो


काठमाडौँ – बुद्ध एयरको जहाजमा समस्या आएपछि विराटनगरका लागि उडेको विमान काठमाडौँ फर्किएको छ । बिहान साढे ८ बजे उडेको विमानको ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको हो ।

जहाज काठमाडौँको आकाशमा फन्को लगाइरहेको छ ।
काठमाडौँ सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौँमै गर्ने गरी जहाज फर्किएको हो ।