राजनीति

सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन : महन्थ ठाकुर


काठमाडौँ – नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको जनाएको छ । प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका बेला लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको प्रष्टयाउनु भएको हो ।

शुक्रबार बबरमहलस्थित पार्टीको केन्द्रिय कार्यालयमा संञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरुले आवश्यक निर्णय गर्ने पनि स्पष्ट पार्नु भयो । अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरि नसकेको स्पष्ट पार्नु भयो ।