कोरोना विशेष

परीक्षामा सहभागी हुने विद्यार्थीले प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप पाउने


काठमाडौँ – परीक्षामा सहभागी हुने विद्यार्थीले अब प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप पाउने भएका छन् । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो ।

विद्यार्थीले अब प्रवेशपत्रका आधारमा काठमाडौं जिल्लाका तीन स्थानबाट कोरोनाविरुद्धको खोप पाउने भएका छन् । सरकारले ५५ देखि ६० हजार विद्यार्थीलाई यसरी खोप लगाउने जनाएको छ ।