देश

हुन्डी कारोबार गर्ने चारजना भारी रकमसहित गणबहालबाट पक्राउ


काठमाडौँ – हुन्डीको कारोबार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरले सोमबार काठमाडौँ महानगरपालिका वडा नम्बर २२ गणबहालबाट चार जनालाई मोटो रकम सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ताहाचाल बस्ने ५३ वर्षीय तरुण अग्रवाल, गोगंबु बस्ने २५ वर्षीय नितेश श्रेष्ठ, भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का र जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाइ रहेको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले ९२ लाख ९६ हजार रुपैयाँ नगद, ८० लाख ४३ हजार ३ सय रुपैयाँ बराबरको बैंकमा डिपोजिट गएको रसिद र ३६ लाख ८३ हजार ४ सय रुपैयाँको चेक बरामद गरिएको छ ।

थप अनुसन्धानको लागी सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर बुझाइएको प्रहरीले जानकारी दिएको छ।