कोरोना विशेष

काठमाडौँ उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने


काठमाडौँ – काठमाडौँ उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको जानकारी गराउनुभयो ।

अत्यावश्यक सवारीसाधन चाहिँ जुनसुकै वेला चल्न दिइने छ ।