समाचार

सुनको मुल्य तोलामा २ सय रुपैंयाले बढ्यो


काठमाडौँ –आज नेपाली बजारमा सुनको मुल्य तोलामा २ सय रुपैंयाले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै, आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ।