राजनीति

नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले गरे लुम्बिनी वाणिज्य क्याम्पस तोडफोड



काठमाडौँ – आज विहान नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस तोडफोड गरेका छन्। सत्तारुढ दल नेपाली कांग्रेस निकटको नेविसंघ र माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले क्याम्पस तोडफोड गरेका हुन्।

क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एबीएर र क्रमश बीबीएस हटाउने निर्णय गरेपछि संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको थियो।आन्दोलनको क्रममा एमबीएसको प्रवेश परीक्षा फारम खुलाएर भर्ना प्रक्रिया अगाडी नबढाउदासम्म अटोनोमस अन्तर्गतको कुनै पनि प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडी बढाउन नदिने भनि संयुक्त विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो तर क्याम्पस प्रशासनले त्यसको बेवास्ता गर्दै अटोनोमस अन्तर्गतका एमबीएस एफआई, एमबीए बीएफको प्रवेश परीक्षा फारम खुलाएपछि नेविसंघ र क्रान्तिकारीले क्याम्पस प्रशासनमा तोडफोड गरेका हुन्।

तर ति संगठनहरुले एक विज्ञप्ति प्रकाशन गर्दै विद्यार्थीहरुद्वारा क्याम्पस प्रशासनमा तोडफोड भएको भन्दै क्षतिको जिम्मेवारी क्याम्पस प्रशासन र संचालक समितिले लिनुपर्ने बताएका छन्।