राजनीति

प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि बिदामा



काठमाडौँ –प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि घर बिदामा बस्नुभएको छ । थापाको तीन वर्षे कार्यकाल आउँदो भदौ २४ गते सकिँदैछ । प्रधानसेनापति थापाले कायममुकायम प्रधानसेनापति तथा बलाधिकृत रथी प्रभुराम शर्मालाई कार्यभार हस्तान्तरण गरिसक्नुभएको छ ।

सैनिक मुख्यालय जंगी अड्डमा आयोजित कार्यक्रममा थापाले शर्मालाई आफ्नो जिम्मेवारीको अख्तियारी प्रदान गर्नुभएको छ । थापाले भदौ २४ गते प्रधानसेनापतिको पूर्ण जिम्मेवारी शर्मालाई बुझाउनुहुनेछ । शर्मा नेपालको ४४ औँ प्रधानसेनापति हुनुहुने छ ।