राजनीति

प्रमुख प्रतिपक्षी एमालेमा संस्थापन र नेपाल पक्षबीच दूरी झन बढ्दै



काठमाडौँ– प्रमुख प्रतिपक्षी एमालेमा संस्थापन र नेपाल पक्षबीच झन दूरी बढेको छ ।

संस्थापन पक्षले अध्यक्षलाई शक्तिशाली बनाउने गरी विधान संशोधन गर्ने एकलौटी निर्णय गरेपछि नेपाल पक्ष रुष्ट बनेको छ । विवाद मिलाउने पहल भइरहेको बेला ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राखेर विधान संशोधन प्रस्ताव अघि बढाएपछि नेपाल पक्ष रुष्ट बनेको हो ।

वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेताहरूसँग ओली सच्चिदैनन् भन्ने पुष्टि भएको बताउनुभएको छ । एकताको बाटो बन्द भएको भन्दै नेपालले देशव्यापी रूपमा समानान्तर गतिविधिलाई तीव्रता दिने बताउनुभएको छ ।