अर्थनीति

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्रीले अर्थतन्त्रको यथार्थपत्र ल्याउँदै


काठमाडौँ –अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक स्थितिबारे जानकारी गराउन ‘अर्थतन्त्रको यथार्थपत्र’ ल्याउनुहुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले यथार्थपत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । अर्थतन्त्रको बृहत्तर परिसूचकको अवस्था तथा चुनौतीलाई समेटेर ‘वर्तमान आर्थिक अवस्थाको जानकारीपत्र’ तयार गरिएको छ ।

अर्थमन्त्रीले सोमबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थपत्रको विषयमा जानकारी गराउनुभएको छ । सामान्यतः नयाँ सरकार आउँदा सरकारले वा कुनै मन्त्रीले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ ।सोहीअनुसार अर्थमन्त्रीले यथार्थपत्रका रूपमा श्वेतपत्र सार्वजनिक गर्न लाग्नुभएको हो ।