राजनीति

कहिले बन्छ प्रधानमन्त्री देउवाको सचिवालय?



काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार मात्रै होइन, आफ्नै सचिवालय पनि बनाउन सकेका छैनन् । प्रधानमन्त्री बनेको एक महिना पुग्न लाग्दासम्म देउवाको सचिवालयले औपचारिकता पाएको छैन ।

असार २९ गते प्रधानमन्त्रीको रुपमा सपथ खाएका देउवाले चार साता पुग्नै लाग्दा समेत मन्त्रिपरिषद् विस्तार र सचिवालय निर्माण गर्न नसकेका हुन् । प्रधानमन्त्रत्रीलाई सही मार्ग निर्देश गर्ने जिम्मेवारी सचिवालयको हुन्छ । तर, उनले आफ्नो सचिवालय समेत गठन गर्न नसक्दा काम प्रभावकारी र व्यवस्थित बन्न सकेको छैन । देउवाले कस्तो सचिवालय निर्माण गर्छन् र कस्ता व्यक्तिहरुले जिम्मेवारी पाउँछन् भन्ने विषयमा चासो ढ्न थालेको छ ।

प्रधानमन्त्री देउवाले सपथ लिएको २६ दिन बितिसक्दा सरकारी नियुक्तिका रुपमा महान्यायधिवक्तामा खमबहादुर खातीलाई मात्र ल्याएका छन् । सचिवालयका महत्वपूर्ण जिम्मेवारीहरु भनेका प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, प्रेस सल्लाहकार, पराराष्ट्र सल्लाहकार, राजनीतिक सल्लाहकार लगायत हुन्छन् । तर, यि कुनै पदमा अहिलेसम्म नियुक्ति हुन सकेको छैन ।