राजनीति

एमाले स्थायी कमिटी बैठकको निर्णय : विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने


काठमाडौँ – एमाले स्थायी कमिटीको बैठक सकिएको छ । विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गर्दै स्थायी कमिटीको बैठक सकिएको हो । तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा सोमवार बिहान बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।

भदौ २७ र २८ गतेका लागि तय भएको विधान महाधिवेशनबाट एमालेले विधान संशोधनको तयारी गरिएको छ । सोमवारको बैठकमा माधव नेपाल पक्षको सहभागिता थिएन । स्थायी कमिटीले पारित गरेको प्रस्तावमा छलफल गर्न एमाले केन्द्रीय कमिटीको बैठक दिउँसो ३ बजे बस्दैछ ।