देश

गगन थापाको सरकारलाई सुझाव : वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नु


काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले परीक्षा सञ्चालनसम्बन्धी सरकारलाई सुझाव दिएका छन् । थापाले स्वास्थ्य मापदण्ड पालना गरेर वा वैकल्पिक माध्यमबाट परीक्षाहरु सञ्चालन गर्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कक्षा १२ को परीक्षा स्थगित भएपनि अन्य तहको परीक्षा सञ्चालन गरिएकोप्रति आपत्ति जनाउँदै पूर्वमन्त्री समेत रहेका थापाले त्यसको कारण र तर्कबारे प्रष्ट पार्न सरकारसँग आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सांसद थापाले भनेका छन्– ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन १ यसको आधार र तर्क के हो रु यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ रु प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो।’