राजनीति

बाबुरामको ट्विट- ‘प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्छ’


काठमाडौँ – पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा ुप्रतिगमनको नयाँ भेरिएन्टु आउनसक्ने बताएका छन् । सत्तारूढ गठबन्धमा रहेको जसपा नेतासमेत रहेका भट्टराईले असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा ‘अर्ली इलेक्सन’ भेरिएन्ट आउनसक्ने बताएका हुन् ।

​आइतबार राति भट्टराईले अर्को प्रतिगमनका रूपमा ​मध्यावधि चुनावको कुरा आउनसक्ने भन्दै ट्विट गरेका छन् । उनले लेखेका छन्, “कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है १ पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ १ पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्छ । अतस्ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं ।”