विदेश

अफगानिस्तानका विभिन्न शहरमा सरकारी सेना र तालिवान बिद्रोहीबीच भिडन्त


काठमाडौँ – अफगानिस्तानका विभिन्न शहरमा सरकारी सेना र तालिवान बिद्रोहीबीच भिडन्त जारी रहेको छ । एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गरेको तालिवान बिद्रोहीले दाबी गरेको छ ।

अफगानिस्तानमा पछिल्लो केही दिनयता तालिवान बिद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरिरहेका छन् । ग्रामीण क्षेत्रमा आफ्नो पकड बनाएपछि शहर पसेका तालिवान लडाकुले पछिल्लो पटक उत्तरी शहर कुन्दुजसहित सर–ए–पुल र तालोक्वानमा नियन्त्रण कायम गरेका हुन् । योसँगै अहिलेसम्म तालिवानले पाँच प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भएको छ ।
यसअघि तालिबानले उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान तथा दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो ।