राजनीति

सर्वत्र असफल व्यक्तिहरु वारम्वार सत्ता समाल्न पुग्छन् : वरिष्ठ नेता पौडेल


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बारम्बार असफल व्यक्तिहरुले नै सत्ताको नेतृत्व गरिरहेको जिकिर गरेका छन् । पार्टीका सभापति देउवलाई लक्षित गर्दै पौडेलले सर्वत्र असफल व्यक्तिहरु नै बारम्बार सत्ता समाल्न पुग्ने बताएका हुन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भनाई राख्दै पौडेल लेख्छन् ‘सर्वत्र असफल व्यक्तिहरु वारम्वार सत्ता समाल्न पुग्छन् ।’ उनले देउवा सर्वत्र असफल भएको भन्दै उनको सत्तारोहणप्रति असन्तुष्टि पोखेका हुन् । असार २८ गते सर्वोच्चको परामदेश अनुसार देउवाले असार २९ गतेबाट मुलुकको नेतृत्व सम्हालिरहेका छन् ।

देउवाले कांगे्रसलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्याइएको पनि बताएका छन् । ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको छ यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ रु,’ उनले लेखेका छन् । सभापति देउवाले असफलता र लापरबाहीका यस्तो अवस्था आएको उनले बताएका हुन् ।

कांग्रेसले आगामी भदौ १६–१९ का लागि तय गरेको १४ औं महाधिवेशन अवस्थामा पुगेपछि पौडेल सभापति देउवामाथि खनिएको देखिन्छ । साउन १२ बाट सुरु गर्ने भनेको तल्लो तहको अधिवेशन प्रभावित भएपछि काँग्रेस महाधिवेशन अनिश्चित बनेको छ । अहिलेसम्म नयाँ कार्यतालिका पनि ल्याउन काँग्रेसले सकेको छैन ।