राजनीति

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, पार्टीको विधान संशोधन र अधिवेशनलगायतका विषयमा छलफल हुने


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठान दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको विधान संशोधन, विधान अधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

पार्टी एकताका लागि भन्दै आइतबारको बैठकका स्थगित गरिएको छ । केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीमा छलफल गरेर एजेन्डा तय गरिने तामाङले बताउनुभयो । ओली पक्षले बोलाएको बैठकमा नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ । नेपाल पक्षले गत साता केन्द्रीय कमिटी बैठक राखेर सम्मानजनक एकतामा जोड दिएको थियो ।