राजनीति

प्रधानन्यायाधीश जबराको जवाफ – ओली सरकारका संवैधानिक नियुक्ति कानूनसम्मत


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका पालामा गरिएका संवैधानिक नियुक्ति कानूनसम्मत नै भएका बताउनुभएको छ । सर्वोच्च अदालतलाई लिखित जवाफ दिँदै प्रधानन्यायाधीश जबराले नियुक्तिहरु संविधानसम्मत भएको बताउनुभएको हो ।

सभामुख अग्निप्रसाद सापकोटा र निशान्तबाबु खड्काले आफूसमेतलाई विपक्षी बनाएर दर्ता गरेको रिट निवेदनको लिखित जवाफ दिँदै प्रधानन्यायाधीश जबराले गत पुसमा जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशअनुसार भएका नियुक्ति संविधानसम्मत भएको बताउनुभएको हो ।

अध्यादेशअनुसार बसेको बैठकमा प्रधानन्यायाधीश जबरा आफै सहभागी हुनुहुन्थ्यो । सोही बैठकबाट सिफारिस भएर भएका नियुक्तिहरु संविधानसम्मत भएका जबराको जिकिर छ । उहाँले अध्यादेश र त्यसमार्फत भएका नियुक्ति संविधानसम्मत भएका बताउनुभएको हो ।