राजनीति

प्रचण्डले मुलुकको राजनीतिलाई अस्थिर बनायो : केशव झा


काठमाडौँ – नेपालको राजनीतिलाई अस्थिरताति ल्यैजानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका रहेको जनता समाजवादी पार्टी, नेपालका युवा नेता केशव झाले बताएका छन् ।

शनिबार जसपा महन्थ पक्षले झापामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै,‘प्रचण्डकै कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तियो, यो दुःखद् कुरा हो ।’ झाले एकल जातीय राज्यको चरित्र परिवर्तन नभएसम्म आमनागरिकले परिवर्तनको अनुभूति गर्न नसक्ने पनि टिप्पणी गरे ।

उनले मधेशी, दलित, जनजातिलगायतका सीमान्तकृत वर्गको अधिकार सुनिश्चितको लागि आफ्नो पार्टीले सधैं अग्रभागमा रहेर आवाज उठाएको स्मरण गर्दै संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।