राजनीति

प्रचण्ड र चिनियाँदूत यान्छीबीच भेटवार्ता


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत यान्छी आइतबार प्रचण्डको निवास खुमलटार पुगेकी थिइन् ।

प्रचण्डसँग राजदूत यान्छीको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।