समाचार

नेपालमा शिक्षाको गुणस्तर सुधारिएको हो ? (भिडियोमा)


काठमाडौँ – शनिबार साँझ अधिकांश नेपालीहरुको फेसबुकवाल शुभकामना दिनेले भरिएको थियो । कारण थियो एसईईको नतीजा सार्वजनिक । कोरोना महामारका कारण यस वर्ष पनि एसईईको परीक्षा स्थगित भएको थियो । त्यसका बावजूद आन्तरिक मुल्यांकनकै आधारमा एसईईको नतीजा सार्वजनिक भयो ।


फेसबुकमा दिएका र हामीले देखिएको शुभकामनाले लाग्छ नेपालको शिक्षा गुणस्तर माथि उकासिँदै छ । भौतिक रुपमा उपस्थिति जनाएर पढाएको समयमा भन्दा अहिल अनलाईनको माध्यमबाट पढाई हुँदा नतीजा झन् राम्रो निस्किएको छ । के नेपालको शिक्षा गुणस्तर साँचिकै राम्रो भएको हो ? अहिलेको शिक्षा प्रणाली सही तरिकाले चलिरहेको छ ?


यसै प्रश्नको उत्तर खोज्न आजको योहो बहसको अंकमा शिक्षाविद् प्राद्यापक विद्यानाथ कोइरालालाई अतिथिको रुपमा सामेल गराएका छौं । कोइरालाका अनुसार अहिलेको नतीजाले स्वयम् विद्यार्थीका अभिभावक नै सन्तुष्ट छैनन् । यस्तो किसिमको जनशक्ति उत्पादनले आजको आवश्यकता नधानिने उहाँको तर्क छ ।

पूरा भिडियो हेर्नुहोस् ।