राजनीति

राष्ट्रपति र रावलबीच साढे दुई घण्टा लामो भेटवार्ता


काठमाडौँ – नेकपा एमाले उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवि भण्डारीसित भेटवार्ता गरेका छन्। रावल एमालेभित्र देखिएको विवाद कायमै रहेका बेला राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

रावल र राष्ट्रपतिबीच साढे दुई घण्टा लामो भेटवार्ता भएको सुरक्षा स्रोतले जनाएको छ । उनी शनिबार साँझ ५ बजेर १० मिनेट राष्ट्रपति कार्यालय पुगर ७ बजेर ४० मिनेटमा बाहिरिएका थिए ।

उनीहरुबीच एमाले भित्रको पछिल्लो विवादमै केन्द्रित रहेर छ्लफल गरेको बुझिएको छ। एमाले विवाद भईरहेको समयमा रावलको राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण रुममा हेरिएको छ । एमाले विवाद समाधान गर्न गठित कार्यदलमा रावल माधव नेपाल पक्षबाट संयोजक रहेका थिए ।