राजनीति

पार्टी एकता जोगाउन एमालेको संस्थापन पक्ष लचिलो, केन्द्रीय कमिटी बैठक एकदिन पर


काठमाडौँ – विवाद समाधान गर्दै पार्टी एकता जोगाउन एमालेको संस्थापन पक्ष लचिलो बनेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामै जोड दिएपछि ओली पक्ष लचिलो बनेको हो ।


नेपाल पक्षकै मागअनुसार ओली पक्षले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठक एक दिन सारेको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार तुलसीलाल स्मृति भवनमा सोमबार बिहान ११ बजे स्थायी कमिटी र दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने छ । आन्तरिक गृहकार्य र पार्टी एकतालगायत विषयमा थप छलफल गर्नुपरेकाले बैठक सारिएको तामाङले बताउनुभयो । ओलीले बोलाएको बैठकमा नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ ।