समाचार

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने ४ जना पक्राउ


काठमाडौँ – खसीको मासु भनि बाख्राको मासु बेच्ने ४ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । भारत बिहार घर भइ कलंकी खसीबजारमा मासु पसल सञ्चालन गर्दै आएका उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत बिहारस्थित बाहराइज घर भई खसीबजार बस्ने वर्ष ६७ का गुलाम रसोल क्रोसिल सोही स्थानका वर्ष २५ का जविर क्रोसिल, वर्ष २१ का जाविर क्रोसिल र वर्ष ५० को मटान पुरेसी रहेको कालिमाटी वृत्तका डिएसपी अपिल बोहराले जानकारी दिनुभयो ।

खसीबजारमा जिउँदो खसी बेच्ने प्रायोजनार्थ राखेको मासु पसलमा खसीको मासुसँगै बाख्रा भनि पहिचान खुल्ने अङ्गहरु लुकाइ खसिको मासुमा मिसाइ बेच्ने गरेको सूचनाका आधारमा शनिबार विहान प्रहरी टोली उक्त पसलमा पुगेको थियो ।

प्रहरी पुग्दा विक्रीवितरणका राखिएको बाख्रा १५ वटा र खसीको मासु भनी बेच्नको लागि तयार गरिएका २ वटा तयारी मासुसमेत बरामद गरिएको डिएसपी बोहराले जानकारी दिनुभयो ।