राजनीति

ओली पक्षले भन्यो – एकताका नाममा पार्टीका काम रोक्न सकिदैन


काठमाडौँ — नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एकताका नाममा पार्टीका काम रोक्न नसकिने बताउनुभएको छ । माधव नेपाल पक्षले पार्टीका सबै काम रोकेर एकताको वातावरण मिलाउन भनिरहेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली पक्षले भने पार्टी गतिविधि रोक्न नसकिने जवाफ दिएको हो ।

विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूको बैठकपछि प्रवक्ता ज्ञवालीले यस्तो बताउनुभएको हो ।

त्यस्तै ज्ञवालीले स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने बताउनुभयो । सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने पनि ज्ञवालीको भनाइ थियो ।