राजनीति

तुइन काटिएर नेपाली मर्दा सरकार बोल्न सकेन, समिति गठन देखावटी : कोमल ओली


काठमाडौँ – नेकपा एमालेकी सांसद् कोमल ओलीले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने कुरामा आपत्ति प्रकट गरेकी छन् ।

शुक्रबार राष्ट्रियसभामा बोल्दै उनले संविधान अनुसार चल्नुपर्ने सरकार संविधानले नै नचिनेको संयन्त्र बनाउनेतर्फ लागेको आरोप लागाइन् । “अहिले न मन्त्रिपरिषद् बन्न सकेको छ । न मन्त्रीहरु बनेकाहरु विवादमुक्त भएका छन्,” उनले भनिन्,“केपी शर्मा ओलीलाई औँला ठड्याउनेहरु कहाँ व्यस्त हुनुहुन्छ ।” संविधानअनुसार नचलेर पृथक बनाएर चलाउन खोज्नु भनेको विधिको निम्ति लडेकाहरुको सल्लाहमा चल्ने कि विधिमा चल्ने रु भन्ने प्रश्न भएको उनको भनाइ थियो ।

हिजो केपी शर्मा ओली सरकार संविधान अनुसार नचलेको भन्नेहरु अहिले उच्चस्तरीय संयन्त्र बनाउन खोजेको भन्दै उनले सरकार सुरुवातमै विवादमा रहेको दाबी गरिन् ।