देश

कर्तव्यनिष्ठ ट्राफिक सम्मानित


काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक कारबाही गर्ने क्रममा प्रलोभनमा नपरि आफ्नो जिम्मेवारी निर्बाह गर्ने ३६ जना ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ । सम्मानित हुनेहरु मध्ये ९ जना ट्राफिक प्रहरीलाई नगद सहित वृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको छ ।

यस्तो कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने बिश्वास महाशाखाले गरेको छ । प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न दिइएको निर्देशन पालना गर्दै घुष दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ३६ जनालाई पुरस्कृत एव सम्मान गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।