राजनीति

कांग्रेस वरिष्ठ नेता पौडेलले बोलाए जिल्ला सभापतिहरुको भेला


काठमाडौँ – १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।

एक जना जिल्ला सभापतिले यही साउन २५ गते काठमाडौँमा भेला बोलाइएको जानकारी दिए । ती नेताका अनुसार सो भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल हुने बताए ।

यसअघि पनि पौडेलले काठमाडौँमा भएका आफू निकट जिल्ला सभापतिहरुसँग पटक–पटक भेट गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न लागिएको हो ।