देश

साप्सुखोलामा मोटरेबल पक्कीपुल सञ्चालनमा आयो


काठमाडौँ – खोटाङस्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्कीपुल सञ्चालनमा ल्याइएको छ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पक्कीपुल सञ्चालनमा ल्याइएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने सडक खण्डमा ५ करोड ६० लाख दश हजार रुपियाँ लागतमा पुल निर्माण गरिएको हो । २०७६ असारमा शिलान्यास गरिएको पुल निर्माणका लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान तथा दिपुु्रङ चुइचुम्मा गाउँपालिकाको दुई करोड बजेट खर्च भएको छ ।