राजनीति

ड्राइभर विरामी भएर बैठकमा नगएको हो, अन्यथा केही हैन : सुरेन्द्र पाण्डे


काठमाडौँ – नेकपा एमालेको नेता सुरेन्द्र पाण्डेले आफ्नो ड्राइभर विरामी भएको कारण आफू केन्द्रीय समितिको बैठकमा नगएको बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठक अहिले बुद्धनगरमा जारी रहेको छ ।

आफ्नो ड्राइभरलाई ज्वारो आएको र कोभिडको आशंका भएकाले आफू उक्त बैठकमा नगएको पाण्डेले बताए । पाण्डेले भने, ‘मेरो ड्राइभर विरामी छ, कोभिडिको आशंकाको कारण म केन्द्रीय समितिको बैठकमा नगएको हो, अन्यथा त्यस्तो केही हैन ।’

माधव पक्षीय नेताहरु पाण्डे र योगेश भट्टराई केन्द्रीय समितिको बैठका आएका छैनन् ।