राजनीति

माधव नेपाल पक्षको बैठकमा भीम रावल सहभागी, सुरेन्द्र र योगेश अनुपस्थित


काठमाडौँ – नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठकमा नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् । नेपाल समूह निकट मानिने उनीहरु पछिल्लो समय अलमलमा जस्तो देखिएको बेला आजको बैठकमा अनुपस्थित भएका हुन् ।

कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ । माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको हो ।