राजनीति

बिमला वली भन्छिन् :- बन्धक बनाएर जबरजस्ती हस्ताक्षर गराइयो


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई ‘बन्धक’ बनाएको प्रदेशसभा सदस्य विमला खत्री वलीले बताएकी छन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिक्रिया दिएकी हुन् ।

वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्दी बनाएर जबरजस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलासा गरेकी हुन् । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफू माओवादी केन्द्रमा नै रहेको पनि स्प्रष्ट पारेकी छिन् ।

आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिइ निरन्तर दबाब दिइएको वलीको भनाइ छ ।