राजनीति

केन्द्रीय कमिटी अघि नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु


काठमाडौँ – नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

केही बेरमा केन्द्रीय कमिटी बैठक बोलाएको यो समूहले स्थायी कमिटी बैठक सुरु गरेर आजको केन्द्रीय कमिटी बैठकमा छलफल गरिने अजेन्डाबारे छलफल सुरु गरेको हो ।

बानेश्वरको एक ब्याङ्क्वेटमा सुरु गर्न लागिएको केन्द्रीय कमिटी बैठकमा यसअघि बनेको कार्यदलले दिएका १० बुँदे सहमतिको प्रस्तावबारे पनि छलफल गरिने कार्यक्रम रहेको छ ।

आजको केन्द्रीय कमिटी बैठकमा माधवकुमार नेपालले आफ्ना गतिविधिबारे बिफ्रिङ गर्दैछन् ।