समाचार

जाजरकोट घटना : युवालई पिट्ने वडाध्यक्ष पक्राउ


काठमाडौँ – जाजरकोटमा एक युवालाई दाम्लोले बाँधेर कुटपिट गर्ने वडाध्यक्षलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जुनिचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए ।

इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको थियो । पीडितलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्। पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानूनी कारबाही हुने प्रहरीले जनाएको छ ।