राजनीति

शुक्रबारदेखि ठाकुर पक्षले देशभर अगुवा कार्यकर्ता भेला गर्ने


ाठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले देशका सबै जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने भएको छ। निर्वाचन आयोगले पार्टीको आधिकारिकता खोसिदिएपछि ठाकुर पक्षले सबै जिल्लामा अगुवा कार्यकर्ता भेला गर्न लागेको हो ।

ठाकुरले बुधबार एक अपिल जारी गर्दै आयोगको निर्णयविरुद्ध देशव्यापी कार्यकर्ता भेला गर्न लागिएको जानकारी दिएका हुन्। शुक्रबार (भोलि) देखि सुरु हुने अगुवा कार्यकर्ता भेला आगामी ९ भदौसम्म चल्ने छ। तराईका सबै जिल्लामा जिल्लैपिच्छे भेला गर्न लागेको ठाकुर समूहले पहाडी जिल्लाको भेला भने संयुक्त रुपमा गर्नेगरी तालिका सार्वजनिक गरेको छ।

आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि ठाकुर पक्ष अहिले दलबिहीनको अवस्थामा पुगेको छ। ठाकुर पक्षले हालेको आधिकारिकता विवादसम्बन्धी रिट सर्वोच्चमा अहिले बिचाराधिन अवस्थामा छ।