विदेश

बन्दुक उत्पादक अमेरिकी कम्पनीविरुद्ध मेक्सिकोको मुद्दा, रक्तपातलाई सहयोग गरेको आरोप


काठमाडौँ – मेक्सिको सरकारले अमेरिकाका केही ठूलो बन्दुक उत्पादकविरुद्ध मुद्दा दायर गरेको छ । मेक्सिकोले अमेरिकी बन्दुक उत्पादक कम्पनीहरुमाथि लारवाहीपूर्ण व्यापारिक आचरणको प्रयोग गरेर रक्तपातलाई बढावा दिएको आरोप लगाएको छ ।

मेक्सिकोले दायर गरेको मुद्दामा १० अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरेको छ । आफ्नो व्यापारिक हितका लागि रक्तपातलाई बढावा दिने खालका नीति अख्तियार गरेको आरोप लगाइएका कम्पनीहरुले अहिलेसम्म टिप्पणी गरेका छैनन् । स्मीथ एण्ड वेसन, बारेट फायरआम्र्ससहितका कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । मेक्सिकोका लागुऔषध तस्कर समूहसहित अरु आपराधिक समूहलाई गैरकानूनी रुपमा तस्करीमार्फत बन्दुक उपलब्ध गराउने गरेको आरोप छ ।

तस्करीमा कम्पनीहरुको सहयोग रहेको आरोप मेक्सिकोले लगाएको छ । मेक्सिकोमा तस्करी हुने बन्दुक मध्ये ७० प्रतिशत अमेरिकाबाट हुने सरकारको भनाई रहेको समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।