राजनीति

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै


काठमाडौँ – नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज ११ बजे बस्दै छ । बैठक बुद्धनगरस्थित क्वालिटी व्याङ्केटमा बोलाइएको पार्टी स्थायी कमिटीका सदस्य वेदुराम भुसालले बताएका छन् ।

बैठकको लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौँ आइसकेको भुसालले बताए । संसद् पुनःस्थापना र कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

आजको बैठकमा पछिल्लो बिकसित राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्ने र नेताहरुको प्रतिकृया लिने कार्यतालिका रहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले भने आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखिसकेका छन् । तर, अध्यक्ष ओली पक्षले भने नेपाल पक्षको बैठकलाई अवैध भनेको छ ।