राजनीति

नेपालीलाई आजदेखि युएईमा प्रवेश खुला, खोप नलगाएकालाई ४८ घन्टाको पीसीआर रिपोर्ट अनिवार्य


संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घन्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएईमा कार्यरत स्वास्थ्यकर्मी, युएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् । उनीहरूले युएई सरकारको अनुमति लिनुपर्नेछ ।