विदेश

अफगानिस्तानमा रक्षामन्त्रीकै आवासमा तालिवान विद्रोहीको आक्रमण


काठमाडौँ – अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री बिसमिल्लाह मोहम्मादीको आवासमा तालिवान बिद्रोहीले आक्रमण गरेको छ । राजधानी काबुलमा रहेको उनको आवासको पाहुना घरमा गएराति बम बिस्फोट भएको छ ।


रक्षा मन्त्रालयका प्रवक्ताले मन्त्री मोहम्मादी बिस्फोट हुँदा घरमा नरहेकाले सुरक्षित रहेको बताएका छन् । उनको परिवारका अरू सदस्य पनि सुरक्षित रहेका छन् । बिस्फोटको केहीबेरमा घटनास्थल पुगेका सुरक्षाकर्मीले चार जना आक्रमणकारी मारिएको बताएका छन् । काबुलको शिरपुर क्षेत्रमा उच्च सरकारी अधिकारीहरूका आवास बनाइएको छ । यसैबीच, काबुलमा भएको अर्को बिस्फोटमा परी चार जना सर्वसाधारणको मृत्यु भएको छ । पछिल्लो समय अफगान सेना र तालिवान बिद्रोहीबीच भिडन्त भइरहेको छ ।