राजनीति

सरकारको न्युनतम साझा कार्यक्रमलाई टुंगो लगाउन सत्तारूढ कार्यदल सक्रिय


काठमाडौँ – सरकारको न्युनतम साझा कार्यक्रमलाई टुंगो लगाउन सत्तारूढ कार्यदलको बैठक आज पनि बस्ने भएको छ । सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन लागिएको कार्यदल सदस्य एवं जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्लाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि, आचरण र नीतिसहित प्रतिवेदन तयार पारिने भएको छ । आज साँझसम्म प्रतिवेदन तयार पारेर शीर्ष नेताहरूलाई बुझाउने श्रेष्ठले बताउनुभयो । गठबन्धनले सरकार सञ्चालनमा सघाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कांग्रेस नेता मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल बनाएको छ ।
साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।