समाचार

अमेरिका बस्दै आएका नेपालीले गरे गणेशमान सिंह पार्कमा शालिक बनाउन आर्थिक सहयोग



काठमाडौँ –अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुले सर्वोच्च नेता गणेशमान सिंहको शालिक स्थापनाका लागि आर्थिक सहयोग गरेका छन्। आज बिहान गणेशमान पुत्र प्रकाशमान सिंहलाई अमेरिका निवासी सामाजिक अभियान्ता पूर्ण बानियाँले दुई लाख दस हजार रुपैयाँ हस्तान्तर गर्नुभएको हो।

उक्त रकमबाट कीर्तिपुरको पाँगास्थित वडा नं ८ मा निर्माण भएको गणेशमान सिंह पार्कमा गणेशमानको शालिक बनाइने बताइएको छ। बानियाँको अग्रसरतामा शालिक स्थापनाका लागि अमेरिका निवासी नेपालीहरुबाट उक्त रकम संकलन भएको थियो।

कांग्रेस सिंह निवास चाक्सीवारीमा भएको कार्यक्रममा नेपाली पूर्वमन्त्री राजेन्द्रकुमार केसी, प्रदेशसभा सदस्य पुकार महर्जनलगायत स्थानीय सरोकारवालाहरुको सहभागिता थियो।