राजनीति

कोटेश्वरमा नेपाल र दाहालबीच भेटवार्ता



काठमाडौँ – नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। आज बिहान नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा पुग्नुभएको थियो।

पछिल्लो समयमा मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ। दूई नेताबीचको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रम लगायत विषयमा विचार विमर्श भएको बुझिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ।

एमाले आन्तरिक विवाद सुल्झिन बाँकी रहेको, एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता हुने तयारी भइरहेको समयमा नेपाल र प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।