राजनीति

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै


काठमाडौँ –संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित दुई वटा कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट आर्थिक वर्ष २०७६–०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश हुँदै छ । यस्तै पूर्वसांसद अकबर बहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सिंह राप्रपाबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । दुई पटक विघटन भएर सर्वोच्चले पुर्नस्थापित गरिदिएको प्रतिनिधिसभालाई नयाँ सरकारले पनि विजनेश दिन सकेको छैन । संसदलाई चलायमान बनाउन सरकारले चासो नदिएको सांसदहरूले आरोप लगाएका छन् ।

बैठकहरू शोक प्रस्ताव पारित गर्ने, विश्वासको प्रस्ताव राख्ने तथा अध्यादेश, संवैधानिक आयोग र विषयगत समितिले वार्षिक प्रतिवेदन पेस गर्ने मै सीमित भएका छन् । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा ३६ र राष्ट्रिय सभामा १९ वटा विधेयक छन् । तीमध्ये १०–१० वटा विधेयक दुवै सदनको विषयगत समितिमा छलफलका क्रममा रहेका छन् ।