समाचार

चरम संकटतर्फ अफगानिस्तान,सरकारी सेना र तालिवान बिद्रोहीबीच भीषण युद्ध जारी


काठमाडौँ –अफगानिस्तानको ग्रामीण इलाकापछि प्रमुख शहरी क्षेत्रमा आफ्नो पकड बनाउने प्रयासमा रहेको तालिवान विद्रोही र सरकारी सेनाबीच भीषण युद्ध भइरहेको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लश्कर गाहमा तालिवान लडाकु र सरकारी सैनिकबीच युद्ध भइरहेको हो ।

तालिवानले अहिलेसम्म कुनै पनि प्रान्तको राजधानी कब्जामा लिन सकेको छैन । तर, लश्कर गाह तालिबानको नियन्त्रणमा जाने पहिलो प्रान्तीय राजधानी बन्ने सम्भावना देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी तथा अफगान सैनिकले हवाई आक्रमण गरिरहे भए पनि लश्कर गाहमा तालिवान लडाकुले निरन्तर भिडन्त गरिरहेका छन् ।

शहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा बिस्थापित भएका छन् । शहरको सबै क्षेत्रमा भिडन्त भइरहेको स्थानीय अस्पतालमा कार्यरत चिकित्सकले बताएको बिबिसीले जनाएको छ । अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिक फिर्ता लैजान थालेपछि तालिबानको गतिविधि बढेको छ ।