राजनीति

खनाल–नेपाल समूह तत्काल सरकारमा नजाने, एकताको प्रयास जारी राख्ने


काठमाडौँ – नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गरेको छ । बुद्धनगरको एक बेङ्क्वैटमा सोमबार बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तर एकताको पहल भइरहेको बेला बैठक बसेर निर्णय गर्न रोक्नुपर्ने निष्कर्ष बैठकको छ ।

नेपाल – खनाल समूहको बैठकमा तत्काल सरकारमा सहभागी नहुने सहमति भएको छ । बैठकमा नेताहरूले ओलीले जिल्ला कमिटी बैठकमा दिएको अभिव्यक्ति एकता भाँड्ने खालको भएको बताएका थिए ।