राजनीति

तत्काल मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनका शीर्ष नेताहरु सहमत, माधव समूहविनै सरकारलाई पूर्णता दिने तयारी


काठमाडौँ – मन्त्रिपरिषद् विस्तार र सरकारका न्यूनतम साझा कार्यक्रमबारे सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै चर्को आलोचना भैरहेको समयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता गठबन्धनले छलफल गरेको हो ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमको विषयमा समेत छलफल भएको छ । मन्त्रालयको वाँडफाड भैसकेकोले तत्काल मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनका नेताहरु सहमत भएका छन् ।