राजनीति

एमालेले गठन गर्‍यो ९ वटा विभाग, स्कुल विभाग प्रमुखमा ओली


काठमाडौँ – नेकपा एमालेले ९ वटा विभाग बनाएको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको छ । नेकपा एमालेले केन्द्रीय निकाय, विभागहरू गठन र सदस्यहरूको मनोनयन गरेको हो । स्थायी कमिटीका सोमबार बसेको बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

पार्टी एकताको प्रयास चलिरहेका बेला माधव नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको ज्ञवालीले बताउनुभयो । यसअघि एमालेले विभिन्न विभागहरुमा प्रमुख र उपप्रमुख चयन गरिसकेको छ । एमालेको स्कूल विभाग प्रमुख अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भने संगठन विभाग प्रमुख बिष्णु पौडेल रहनुभएको छ ।