विदेश

तेल बोकेको जहाजमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको आरोप


काठमाडौँ – अमेरिका र बेलायतले इरानले समुद्रमा तेल बोकेको जहाजमा आक्रमण गरेको आरोप लगाएका छन् । गत बिहीबार इजरायली कम्पनीले सञ्चालन गरेको तेल ट्यांकर एमभी मर्सर स्ट्रिटमाथि आक्रमण भएको थियो । उक्त आक्रमणमा रोमानिया र बेलायतका एक÷एक जनाको मृत्यु भएको थियो ।

अमेरिका र बेलायतले उक्त आक्रमणमा इरानको हात रहेको बताउँदै यो अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको बताएका छन् । अमेरिका र बेलायतले उक्त आक्रमण जानाजान गरिएको भन्दै यो अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन भएको उल्लेख गरेका छन् ।

यसअघि इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेटले पनि यो आक्रमण इरानले गराएको पर्याप्त प्रमाण रहेको दाबी गरेका थिए । उनले इरानलाई कसरी सन्देश दिनुपर्छ भन्ने आफूहरुलाई थाहा भएको बताएका थिए । इरानले भने यी सबै आरोप आधारहीन रहेको बताएको छ ।